बाल उज्वल भविश्य बचत

उद्देश्य : सदस्यका बालबालिकाहरुको उज्वल भविश्य निर्माण गर्नका लागी आवश्यक पर्ने वित्तिय लगानी जुटाउने क्रममा उत्पन्न हुने तनावबाट मुक्त गराई वित्तीय समस्याको समाधान गर्ने ।

विशेषताहरु :
क) खाता खोल्दा र अवधि समाप्त भई रकम फिर्ता लिदाँ कुनै शुल्क नलाग्ने ।
ख) निश्चित समयावधि तोकी खाता खोल्न सकिने ।
ग) दैनिक र साप्ताहिक र पाक्षिक र मासिक रुपमा रकम जम्मा गर्न सकिने ।
घ) दैनिक मौज्दातमा ब्याज गणना हुने ।
ङ) ३ / ३ महिनामा ब्याज पूँजीकरण हुने ।
च) समयावधि समाप्त (Maturity) भए पछि सावाँ र ब्याज एकमुष्ट भुक्तानी पाईने ।

 क्र.सं. शीर्षक न्यूनतम् मौज्दात
ब्याज दर कैफियत
१. बाल उज्वल भवश्यि बचत ५ बर्षे २००।– ८ %
२. बाल उज्वल भवश्यि बचत ७ बर्षे २००।– ८.५ %
३. बाल उज्वल भवश्यि बचत ११ बर्षे २००।– ९ %
४. बाल उज्वल भवश्यि बचत १६ बर्षे २००।– ९.५ %