परिचय

अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड विभिन्न पेशा, व्यवसाय र सामाजिक क्षेत्रमा आवद्ध व्यक्तित्वहरुद्वारा सञ्चालित सहकारी संस्था हो । सदस्यहरुको साझा आर्थिक, सामाजिक र पर्यावरणीय विकासको लागी समाजका सवै वर्ग, क्षेत्र र समुदायलाई सशक्तिकरण गर्दै मुलुकको आर्थिक विकासमा योगदान पुरयाउने कुरामा यस संस्था सदैव विश्वस्त पार्न चाहन्छ ।

तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाण्डौमा सहकारी ऐन २०४८ बमोजिम वि.सं. २०६६ साल जेष्ठ ४ गते विधिवत रुपमा दर्ता भई स्थापना भएको यस संस्थाले आफ्ना सदस्यहरुसँग उचित ब्याज दरमा बचत संकलन गर्ने र सदस्यहरुलाई नै विभिन्न किसिमका ब्यापार, व्यावसाय सञ्चालन गर्नका लागी र उनिहरुको वित्तिय आवश्यक्ता परिपूर्ति गर्नका लागी सर्वशुलभ ब्याज दरमा ऋण सेवा प्रवाह गर्दै आई रहेको छ भने राष्ट्रिय, अन्तराष्ट्रिय विप्रेषण (Remittance) सेवा समेत प्रदान गर्दै आएको छ ।

यस सहकारी संस्थाको मुख्य उद्देश्य आफ्ना सदस्यहरुलाई दीगो प्रतिस्पर्धात्मक, गुणस्तरीय र सुविधाजनक सेवा प्रदान गरी एक सवल वित्तिय सहकारी संस्थाको रुपमा स्थापित हुनु हो, यसका लागी संस्थाले नीति, विधि र प्रविधिलाई आत्मासाथ गर्दै प्रविधिमैत्री सेवालाई प्राथामिक्तामा राखी एबिबिएस सेवा, स्मार्ट बैंकिङ्ग सेवा सञ्चालनमा ल्याई आफ्ना सदस्यहरुलाई मुख्य कार्यालय बौद्ध र सेवा केन्द्र अत्तरखेलबाट सेवा प्रदान गर्दै आईरहेको छ ।