प्रमुख कार्यकारी अधिकृतको सन्देश

सर्वप्रथम अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड का सदस्य एवं शुभेच्छुकहरुमा न्यानो अभिवादन टक्र्याउन चाहन्छु साथै संस्थाको उद्देश्य प्राप्तीका लागी अमुल्य साथ सहयोग गर्नु भएकोमा हृदय देखी आभार व्यक्त गर्दछु र आउँने दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा राख्दछु । कुनै पनि संगठनको परिकल्पना एवं उद्देश्य प्राप्त गर्न र स्वस्थ स्फूर्त रहनका लागी संस्थाममा सुशासनको आवश्यक पर्दछ, त्यसैले सदस्यहरुको समृद्धी , सवल र दीगो साकोस निर्माणका लागी आवश्यक नीति विधिको पूर्ण परिपालना र कार्यान्वयन गरी संस्थागत सुशासन कायम राख्ने बिषयमा विश्वस्त पार्न चाहन्छु ।

सांगठनिक शासन प्रशासनका आफ्नै विशेष खालका संरचना हुन्छन् त्यस्तै सहकारी संस्थामा शासन प्रशासनका विशेष चार समुहहरु संलग्न हुन्छन् । संस्थाका सदस्य, सञ्चालक समिति, व्यवस्थापन र कर्मचारी सहकारीका विशेष चार समुहहरु हुन् भने एक महत्वपूर्ण समुहको रुपमा व्यवस्थापन पक्ष अर्थात कर्मचारी बर्ग हो, त्यसैले व्यवस्थापन प्रमुखको हैसियतले म के विश्वस्त पार्न चाहन्छु भने वित्तीय विश्लेषक र कार्यन्वयनकर्ताको रुपमा नीति प्रचलन गरी नीतिको आधारमा लेखापालन प्रणालीको विकास, प्रभावकारी आन्तरीक नियन्त्रण प्रणाली र प्रकृयाको विकास गराई वित्तिय सुशासनको स्थापना गरी नीति, विधि र प्रविधि मैत्री साकोस निर्माणका लागी पहरेदारको रुपमा लगनशिल भई यहाँहरुको सेवामा समर्पित हुनेछौं ।

मलाई लाग्दछ, हामी यसकारण भाग्यमानी छौं, संस्था स्थापनाकाल देखी नै सदस्यहरुले संस्था प्रति देखाउनु भएको अतुलनिय विश्वास, सद्भाव र मायाले गर्दा आजको दिनसम्म सफलता पुर्वक अघि बढीरहेका छौं । यहाँहरुको सल्लाह सुझाव हाम्रा लागी सदैव मार्गदर्शनका रुपमा रहने छन् । यहाँहरुको बचत तथा लगानी लाई सुरक्षित गर्दै आगामी दिनमा अझ प्रभावकारी र अत्याधुनिक सेवा सुविधा प्रदान गरी सम्पूर्ण वित्तिय समस्याको समाधानका लागी प्रतिवद्ध छौं ।

गान्वा सुनुवार
प्रमुख कार्यकारी अधिकृत