परिकल्पना, ध्येय एवं उद्देश्य

परिकल्पना:
“समुदायमा आधारित प्रतिस्पर्धि र दीगो साकोस” संस्थाको परिकल्पना निर्धारण गरिएको छ ।

ध्येय:
संस्थाले परिकल्पना गरेको विन्दुमा पुग्न सबै उमेर, वर्ग, क्षेत्र, लिंग, धर्म र भाषा सम्प्रदायका सदस्यहरुको लागि उनिहरुको चाहना र आवश्यकता अनुरुपका वित्तीय वस्तु तथा सेवा उत्पादन गरी स्थानीय समुदाय समक्ष सहज एवं सरल लागत र प्रक्रिया मार्फत प्रविधिको प्रयोग गरी सेवा उपलब्ध गराउने संस्थाको ध्येय रहनेछ

उद्देश्यहरु:
संस्था सञ्चालनको लागि केहि उद्देश्यहरु निश्चित गरिएको छ ।
१) समुदायका सदस्यहरुलाई बचतको अवधारणा सिकाई बचत गर्ने बानीको विकास गर्ने ।
२) समुदायका सदस्यहरुको औपचाकि वित्तीय क्षेत्रमा पहँुच स्थापित गर्ने ।
३) सदस्यहरुलाई सर्वसुलभ तवरबाट ऋण तथा अन्य वित्तीय सेवाहरु उपलब्ध गराउने ।
४) वित्तीय साक्षरताको माध्यामबाट समुदायका सदस्यहरुको वित्तीय व्यवहारमा परिवर्तन गराउने ।